काठमाडौं । अमेरिकी हवाई आक्रमणमा मारिएका १५ जना ‘पपुलर मोबिलाइजेसन फोर्सेस’ (पीएमएफ) का सदस्यहरूको इराकको राजधानी बग्दादमा मंगलबार अन्त्येष्टि गरिएको छ ।
पश्चिमी प्रान्त अन्बारमा भएको उक्त आक्रमणमा एक वरिष्ठ कमाण्डरसमेत मारिएका थिए ।
पीएमएफले जारी गरेको विज्ञप्तिमा यस आक्रमणलाई इराकी सार्वभौमसत्ताको घोर उल्लङ्घन भनेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यो कार्यले अन्तर्राष्ट्रिय कानुन र मानवीय मान्यताको कुनै सम्मान नगरेको स्पष्ट देखिन्छ ।’
संगठनले इराकका राजनीतिक नेताहरूमाथि यस्तो गम्भीर उल्लङ्घनहरू रोक्न र देशको सार्वभौमसत्ताको रक्षा गर्न स्पष्ट र दृढ अडान लिन आग्रह गरेको छ ।
यो घटनाले मध्यपूर्वको सुरक्षा परिस्थितिमा थप तनाव उत्पन्न गर्ने चिन्ता बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया