यी हेभीवेट नेताबाट एकजना बन्नेछ अभागी, पाउने छैनन् सिंहदरबार पस्न

काठमाडौं, २४ कात्तिक- १० र २१ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा केही शीर्ष नेता ‘रिङ आउट’को जोखिममा देखिएका छन् । एकै क्षेत्रबाट निर्वाचनमा होमिएका वाम गठबन्धन वा कांग्रेसका शीर्ष नेतामध्ये कुनै एकले मात्र संसद्को यात्रा तय गर्नेछन् प्रदेश १ को झापा–१ मा चुनावी अभियानमा खटिएका छन् वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता राम कार्की र उनलाई चुनौती दिँदै छन्, कांग्रेसका युवा नेता विश्वप्रकाश शर्माले । यी दुईमध्ये कुनै एकले संसद्मा आफ्नो स्थान पाउनेछन् राजधानी दैनिक लेख्छ- झापा–३ बाट एउटा शीर्ष नेताको पराजय निश्चित छ । यहाँ कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका महामन्त्री राजेन्द्रप्रसाद लिङ्देन चुनावी प्रतिस्पर्धामा छन् प्रदेश १ कै मोरङमा पनि दुई हेभी वेट भिडन्त छ । मोरङ–४ बाट निर्वाचनको दौडमा कांग्रेस नेता महेश आचार्य र वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका अमनलाल मोदी छन् त्यस्तै मोरङ–६ मा कांग्रेसका डा. शेखर कोइराला र एमाले नेता लालबाबु पण्डितको रोचक भिडन्त हुँदै छ प्रदेश २ को धनुषामा अर्को रोचक भिडन्त हुँदै छ । धनुषा–३ म नेपाली कांग्रेसका विमलेन्द्र निधि र राजपा नेपालका राजेन्द्र महतोबीच चुनावी प्रतिस्पर्धा हुँदै छ प्रदेश–३ को चितवनमा सबैको ध्यान केन्द्रित छ । चितवन–३ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष एवं वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे उनीविरुद्ध निर्वाचन लड्दै छन्  त्यस्तै सिन्धुपाल्चोकमा–१ मा पनि वर्तमान सञ्चारमन्त्री र पूर्वसञ्चारमन्त्रीबीच चुनावी भिडन्त छ । बहालवाला सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई कांग्रेसले राप्रपा प्रजातान्त्रिकको समर्थनमा उम्मेदवार बनाएको छ । पूर्वसञ्चारमन्त्री तथा माओवादी केन्द्रका नेता अग्नि सापकोटा वाम गठबन्धनको तर्फबाट चुनावी प्रतिस्पर्धामा छन् काठमाडौं–१ बाट कांग्रेसका नेता प्रकाशमान सिंह छन् । उनलाई स्थानीय तह निर्वाचनमा उदाएको विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रबीच चुनावी होड चलिरहेको छ । काठमाडौं–४ मा कांग्रेसका युवा नेता गगनकुमार थापा र एमालेका डा. राजन भट्टराई तथा काठमाडौं–५ बाट एमाले महासचिव ईश्वर पोखरेल र कांग्रेसका प्रकाशशरण महतबीच चुनावी प्रतिस्पर्धा हुँदै छ । यी प्रभावशाली नेताहरूमध्ये एक जना अबको पाँच वर्ष संसदीय राजनीतिबाट बाहिरै रहनेछन् प्रदेश ४ को गोरखामा अर्को हेभी वेट भिडन्त हुँदै छ । यहाँ पूर्वप्रधानमन्त्री र पूर्वउपप्रधानमन्त्रीबीच चुनावी भिडन्त हुँदै छ । कुनै समय एउटै पार्टीमा रहेर राजनीतिक यात्रा तय गरेका नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच गोरखा–२ मा भिडन्त हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?