न्यूजिल्याण्डमा साम्बाको घुँडाको सफल शल्यक्रिया

लोकपथ
63
Shares

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया भएको छ ।

डा. साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको सावित्राले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छन् । 

‘लामो प्रतिक्षापछि अन्तत: मेरो घुँडाको शल्यक्रिया भएको छ । बुधबार बिहान डाक्टर साइमन र उनको टोलीबाट न्युजिल्यान्डको अकल्यान्डमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछु,’सावित्राले सामाजिक सञ्जालमा लेखेकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?