काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
मंगलबारदेखि जारी बैठकमा उठाइएका विभिन्न एजेन्डामाथि आज पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने कार्यक्रम छ । मंगलबारको बैठकमा सभापति गगनकुमार थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म पार्टीको १५औँ महाधिवेशन आयोजना गर्ने कार्यतालिका प्रस्ताव गरेका थिए ।
बैठकमा समसामयिक राजनीतिक अवस्था, सुशासन स्थापना, संविधान संशोधनका लागि अध्ययन तथा सुझाव दिन विज्ञसहितको समिति गठन, १५औँ महाधिवेशनको कार्यतालिका र केन्द्रीय निर्वाचन समिति गठनलगायत विषयमा छलफल भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया