काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बुधबार बिहान ११ बजे फेरी बस्नेगरी स्थगित भएको छ ।
बैठकका एजेण्डामाथि केन्द्रीय सदस्यहरु बोल्ने क्रम बाँकी भएको कारण बुधबार फेरि बस्नेगरी बैठक स्थगित भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनका अनुसार बैठकमा मंगलबार २८ जना केन्द्रीय सदस्यहरुले धारणा राखेका छन् ।
बैठकमा संविधान संशोधन अध्ययनका लागि विज्ञसमिति गठन, १५औँ महाधिवेशन तयारी, उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश तथा स्थानीय सरकारको प्रभावकारी सञ्चालन र भ्रातृ सङ्घ, शुभेच्छुक संस्था तथा जनसम्पर्क समिति लगायतका विषयमा बाँकी केन्द्रीय सदस्यहरुले धारणा राख्ने प्रवक्ता चालिसेले बताए ।
उनले भने, ‘हामीले बैठकका विभिन्न ११ वटा एजेण्डाहरु तय गरेका छौँ । आज यी एजेण्डाहरुमाथि २८ जना केन्द्रीय सदस्यहरुलेआफ्नो धारणा राखिसक्नुभएको छ । बाँकी साथिहरुले भोलिको बैठकमा भाग लिनुहुनेछ। भोलि नै हामी सबै विषयहरुमा निष्कर्षमा पुग्नेछौँ । सबै कुराहरु छलफलकै क्रममारहेकोले आज केही निर्णय भएको छैन ।’
आजको बैठकको सुरुमा सभापति गगनकुमार थापाले अगामी भदौ२४–२६ गतेसम्म १५औँ अधिवेशन गर्ने कार्यतालिका प्रस्ताव राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया