बैंकिङ कसुर मुद्दाकी फरार राधिका बस्नेत पक्राउ, ८० लाख भन्दा बढी बिगो

लोकपथ
161
Shares

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

कार्यालयले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेकी ३७ वर्षिया राधिका बस्नेतलाई काठमाडौं महानगरपालिका वडा नं. ६ बाट पक्राउ गरिएको हो ।

पक्राउ परेकी बस्नेतको स्थायी ठेगाना दोलखा जिल्ला वैतेश्वर गाउँपालिका वडा नं. ३ रहेको जनाइएको छ भने हालउनी काठमाडौंमा बस्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बस्नेतविरुद्ध विभिन्न कार्यालयहरूमा बैंकिङ कसुरसम्बन्धी ९ वटा मुद्दा दर्ता रहेका छन् । ती मुद्दाहरूमा ८० लाख १५ हजार ४ सय रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ ।

उक्त मुद्दाहरू जिल्ला प्रहरी परिसर भद्रकाली, प्रहरी वृत्त बौद्ध, प्रहरी वृत्त गौशाला, प्रहरी वृत्त सिंहदरबार तथा वैदेशिक रोजगार विभाग ताहाचलमा दर्ता भएका छन् ।

प्रहरीका अनुसार उनलाई अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?