प्रचण्डलाई अवसरसँगै चुनौती पनि, यस्ता छ ५ अवसर

चितवन, २४ कात्तिक- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन–३ बाट प्रतिनिधिसभातर्फ उम्मेदवार छन् । गृह जिल्ला चितवन भए पनि यसअघि प्रचण्डले विगतका दुई संविधानसभा निर्वाचनमा रोल्पा, काठमाडौं र सिरहाबाट प्रतिस्पर्धा गरे यसपटक उनले गृह जिल्ला चितवन रोजेका छन् । एमाले–माओवादी केन्द्रकोे गठबन्धनका साझा उम्मेदवार बनेका प्रचण्डलाई चितवनबाट विजयी बन्न जति अवसर छन्, त्यति नै चुनौती पनि देखिएका छन्  गत स्थानीय तह निर्वाचनको मत आँकलनमा चितवन–३ मा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा ७ हजार बढी मतले अगाडि छ । भरतपुर महानगरका १९ वटा वडामा माओवादीको मत १३ हजार ६ सय ३६ छ यसमा माडी नगरपालिकाको माओवादीले प्राप्त गरेको मत ३ हजार ८ सय ७२ थप्दा १७ हजार ५ सय ८ हुन्छ । महानगरको १९ वडामा एमालेको मत २१ हजार १ सय ३० र माडी नगरपालिकाको मत ३ हजार ८ सय २६ जोड्दा २४ हजार ९ सय ५६ हुन्छ । यो दुवै मतलाई जोड्दा वाम गठबन्धनको मत ४२ हजार ४ सय ६४ पुग्छ यता भरतपुर महानगरका १९ वटा वडाको कांग्रेसको मत २३ हजार २ सय ३७ छ । माडी नगरपालिकामा कांग्रेसले ल्याएको मत ३ हजार ८ सय २९ हो । कांग्रेसको कुल मत २७ हजार ६६ हुन्छ । यसमा राप्रपाको मत ८ हजार ३ सय ४१ जोड्दा ३५ हजार ३ सय ७ हुन्छ  प्रचण्ड नेपाली राजनीतिमा एक प्रभावशाली नेताका रूपमा परिचित छन् । राष्ट्रिय राजनीतिमा सधैं चर्चामा रहने र पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री हुनुका नाताले उनीप्रति मतदातामा आकर्षणसँगै उत्साह छ, राजधानी दैनिकमा खबर छ  अवसरस्थानीय तहमा ७ हजार मतले अगाडि हुनुराष्ट्रिय नेताको प्रभावमहानगरमा आफ्नै नेताएमालेको दरिलो साथगृह जिल्ला चुनौतीबाँदरमुढे घटनासमीकरण परिवर्तनबलिया प्रतिस्पर्धीकांग्रेस पकड क्षेत्रथपिएका मतदाता 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?