काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरेका छन् ।
पार्टीको मंगलबार बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले आगामी भदौ २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।
भदौ २४ गते बीपी जन्मजयन्तीको अवसर पारेर १५औँ महाधिवेशन उद्घाटन गर्नेगरी कार्यतालिका तयार भएको हो ।
गत पुस २७–३० मा सम्पन्न कांग्रेस विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन भदौ अन्तिम साताका लागि तय गरेको हो ।
यस्तो छ कार्यतालिका-
१. वैशाख १ देखि मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण र वितरण गर्ने
२. असार १५ गते केन्द्रले क्रियाशील सदस्यता छानबिन सक्न।
३. असार मसान्तमा क्रियाशील सदस्यता वितरण निर्वाचन समितिलाई बुझाउने
४. गाउँ, नगर वडा अधिवेशन- साउन ६ गते
५. गाउँ/नगरपालिका अधिवेशन- साउन १२ गते
६. प्रदेश सभा क्षेत्र अधिवेशन- साउन २३ गते
७. प्रतिनिधि सभा क्षेत्र अधिवेशन- साउन ३० गते
८. जिल्ला अधिवेशन- भदौ ६ र ७ गते
९. प्रदेश अधिवेशन- भदौ १५ र १६ गते
१०. केन्द्रीय महाधिवेशन- भदौ २४ देखि २६ गतेसम्म
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया