गगन थापाले पुनः सम्हाले सभापतिको जिम्मेवारी, भने– ‘मैले आफ्नो जे कर्तव्य ठानेँ, त्यो गरेँ’

लोकपथ
56
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले केन्द्रीय कार्यसमितिले गरेको निर्णयको सम्मान गर्ने बताएका छन् । सभापतिबाट दिएको राजीनामा अस्वीकृत भएसँगै उनले पार्टीको सो निर्णयको सम्मान गर्ने बताएका हुन् । 

मंगलबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि नैतिकताका आधारमा आफूले राजीनामा दिएको तर पार्टी बैठकले अस्वीकार गरेपछि काममा फर्किएको बताए । उनले भने, ‘मैले आफ्नो जे कर्तव्य ठानेँ, त्यो गरेँ ।’

सभापतिबाट दिएको राजीनामालाई कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गरेपछि उनी आज सभापतिको रूपमा केन्द्रीय कार्यसमिति बैठकमा उपस्थित भएका हुन् । 

बैठकको नेतृत्व गर्दै उनले केन्द्रीय कार्यसमितिको बैठकको गरेको निर्णय ठीक कि बेठीक भनेर भन्ने बेला नभएको जिकिर गर्दै भने, ‘केन्द्रीय कार्यसमितिले जे ठिक थान्यो, त्यही निर्णय गर्‍यो ।  मैले केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?