लागूऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ

लोकपथ
42
Shares
एआई तस्बिर

काठमाडौं  ।  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित १५ जनालाई पक्राउ गरेको छ । 

 विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित भारतीय नागरिक मसुल अनसारीलाई पक्राउ गरिएको हो ।

सुनसरीको इनरूवा नगरपालिका–४ बसचोकबाट दुई, कैलालीको धनगढी उपमहानगरपालिका–८ धनगढीगाउँबाट सिरहाको गोलबजार नगरपालिका–४ निपाने टोलबाट एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरिएको हो । 

नवलपरासी पश्चिमको सुनवल नगरपालिका–१२ बाट दुई, सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुदबुदेबाट दुई, बाँकेका दुई, रुकुम पूर्वको, भूमे गाउँपालिका–२ बाट दुई जनालाई पक्राउ गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?