सानेपा पुगे गगन थापा

लोकपथ
70
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन् ।

चुनावी परिणामको जिम्मेवारी लिँदै दिएको राजीनामा पार्टीले अस्वीकृत गरेपछि उनी केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी हुन केहीबेरअघि सानेपा पुगेका हुन् ।

आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा समसामयिक राजनीतिक अवस्था र चुनावी समीक्षा मुख्य एजेण्डा रहने जनाइएको छ ।

यसअघि थापाले निर्वाचन परिणामप्रति नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिएका थिए । तर, पार्टी नेतृत्वले उक्त राजीनामा अस्वीकार गर्दै उनलाई जिम्मेवारीमै निरन्तरता दिन आग्रह गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?