नेपालमा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्ससम्बन्धि सम्मेलन हुने

लोकपथ
35
Shares

काठमाडौं । नेपालमा सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रको आयोजनामा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्ससम्बन्धी सम्मेलन हुने भएको छ । केन्द्रले नेपालमा तेस्रो पटक यस्तो सम्मेलन आयोजना गर्न लागिएको जनाएको छ ।

मंगलबार विश्व क्षयरोग दिवसका अवसरमा भक्तपुरमा आयोजित कार्यक्रममा केन्द्रका निर्देशक डा.अनुज भट्टचनले क्षयरोग तथा एचआईभी एड्स नियन्त्रणमा देखिएका चुनौतीलाई सामूहिक रूपमा सामना गर्ने उद्देश्यसहित सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिए ।

उनका अनुसार यसअघि पनि सार्कस्तरीय सम्मेलनमार्फत सदस्य राष्ट्र बिच अनुभव आदानप्रदान गरिएको थियो । यस वर्ष पनि सो सम्मेलनमार्फत विभिन्न देशले भोगिरहेका समस्या, चुनौती र समाधानका उपायहरू साझा गरिनेछ ।

निर्देशक भट्टचनले सम्मेलनलाई सफल बनाउन सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवाला तथा निकायलाई सहयोग गर्न आह्वान गरे । साथै, उनले क्षयरोग नियन्त्रणका लागि तीनै तहका सरकारले प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

केन्द्रले नेपालमा क्षयरोगीको संख्या बढ्दो क्रममा रहेको उल्लेख गर्दै यसको प्रभावकारी नियन्त्रणका लागि स्थानीय सरकारसम्म समन्वय र सक्रिय परिचालन अपरिहार्य रहेको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?