काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले नयाँ सरकारले तीन महिनाभित्र जनताले सुशासनको अनुभूति गर्न सक्ने गरी काम गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले भ्रष्टाचार र कुशासन हटाउन सरकारले कडा कदम चाल्नुपर्नेमा जोड दिएका हुन् ।
उनले लेखेका छन्, ‘तीन महिना भित्र जनताले सुशासनको अनुभूति गर्न सकुन्। भ्रष्टाचार र कुशासन हटाउन सरकारलाई मैले पूर्ण सहयोग गर्नेछु। अब आउने रास्वपाको सरकारले पहिलो दिनदेखि नै भ्रष्टाचारीहरुलाई नियम अनुसार कारबाही गरेर कहिल्यै उठ्न नसक्ने बनाउनुपर्छ। नियमले छेक्यो भने तुरुन्त नयाँ नियम बनाउनु पर्छ। सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठुलो धोका हुनेछ र रास्वपा पनि कालान्तरमा हराएर जानेछ ।’
उनले नयाँ सरकारले पारदर्शिता, जबाफदेहिता र भ्रष्टाचारमुक्त शासन स्थापना गर्न सक्रिय भूमिका खेल्नुपर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया