कोलम्बियामा सैन्य विमान दुर्घटना, कम्तिमा ६६ जनाको मृत्यु

लोकपथ
126
Shares

काठमाडौं । कोलम्बियाको दक्षिणी क्षेत्रमा वायु सेनाको विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

वायु सेनाका कमाण्डर कार्लोस फर्नान्डो सिल्वा रुएडाका अनुसार विमानमा ११४ जना सैनिक र ११ जना चालक दल सदस्य सवार थिए ।

विमान उडान भरेको केही बेरमै प्यूर्टो लेगुइजामो नजिक दुर्घटनामा परेको हो ।

बीबीसी हिन्दीका अनुसार आपतकालीन उद्धारकर्ताहरू भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् । रक्षामन्त्री पेड्रो सान्चेजले यसलाई देशका लागि धेरै दुखद दिन भएको बताएका छन् ।

विमानमा भएको आगलागीका कारण गोला–बारुद समेत विस्फोट भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?