काठमाडौं । डाँका तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई नेपाल प्रहरीले १० वर्षपछि पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई काठमाडौंको बौद्धबाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका-४ घर भई हाल काठमाडौं गोकर्णेश्वर बस्दै आएका ४० वर्षीय खिलबहादुर तामाङ रहेका छन् ।
उनलाई दोलखा जिल्ला अदालतले २०७४ साल पुसमा १० वर्ष कैद र एक लाख १८९ रुपैयाँ जरिवानाको फैसला सुनाएपछि फरार भएका प्रहरी उपरीक्षक मनोहरप्रसाद भट्टले बताए ।
पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा पेस गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया