यू-२० साफ च्याम्पियनसिप : भुटानमाथि नेपालको जित

लोकपथ
0
Shares

काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले विजयी सुरुआत गरेको छ।

माल्दिभ्सको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो।

नेपालका लागि सुजन डङ्गोल र सुवास वमले समान एक–एक गोल गरे । भुटानका धेनदुप ग्यालसेनले एक गोल फर्काए।

खेलको पाँचौँ मिनेटमै सुजनले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए। त्यसपछि ५२औँ मिनेटमा सुवासले गोल थप्दै नेपाललाई २-० को अवस्थामा पुर्‍याए।

भुटानले ८३औँ मिनेटमा धेनदुप ग्यालसेनमार्फत एक गोल फर्काए पनि त्यसपछि थप गोल हुन सकेन र नेपालले २–१ को जित सुरक्षित गर्‍यो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?