जेनजी आन्दोलनमा केन्द्रीय कारागारबाट फरार कैदी सिराहाबाट पक्राउ

लोकपथ
0
Shares

सिराहा । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागारबाट काठमाडौंबाट फरार एक कैदीलाई प्रहरीले सिराहाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिराहाकै कर्जन्हा नगरपालिका-७ मेरवा बस्ने ३८ वर्षीय अञ्जनी कुशवाहा रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी कर्जन्हाबाट खटिएका प्रहरी टोलीले आज (सोमबार) उनकै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार उनी कर्तव्य ज्यान मुद्दामा काठमाडौंस्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका थिए ।

पक्राउ परेका कुशवाहालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित कारागारमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?