६० वर्षीया महिलाको कैची प्रहार गरी हत्या, बालक पक्राउ

लोकपथ
112
Shares

काठमाडौं । ६० वर्षीया महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक बालक (बाल बिज्याइकर्ता) लाई पक्राउ गरेको छ ।

गत चैत ३ गते रुपन्देहीको शुद्धोधन गाउँपालिका–१ शिसै बस्ने ६० वर्षीया रेनु पटवारको आफ्नै पसलमा हत्या भएको थियो ।

महिलाको हत्या भएको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीबाट डीएसपी निशान्त श्रीवास्तव र इलाका प्रहरी कार्यालय रन्यौराबाट इन्स्पेक्टर प्रलाद केसीको कमाण्डमा टोली खटिएको थियो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार ती महिलाको हत्या चैत २ गते राति ११ बजेको समयमा भएको खुल्न आएको हो ।

१६ वर्षीय सांकेतिक नाम ५०(०८२/०८३) ले मृतकसँग केही दिनअघि चुरोट खरिद गर्ने क्रममा बादबिबाद भएको थियो । बिबाद बढ्दै गएपछि ती बालकले महिलालाई उनकै पसलमा रहेको कैँचीले अनुहार, टाउको, घाँटी लगायत शरीरका विभिन्न भागमा प्रहार गरी हत्या गरेका थिए ।

हत्यामा संलग्न ती बालकले कैँची त्यहीँ छाडेको भागेको समेत अनुसन्धानबाट खुल्न आएको डीएसपी चन्दले जानकारी दिए ।
उनलाई चैत ७ गते शनिबार पक्राउ गरी जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको म्याद थप गरी अनुसन्धानलाई अघि बढाइएको चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?