काठमाडौं । नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडियो टेलिग्राममा राख्दै चरित्र हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काभ्रेको नमोबुद्ध नगरपालिका–८ दारीमबोटका २२ वर्षीय अशोक लामा रहेका छन् ।
नाबालिकाको अन्तरङ्ग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रशारण भइरहेको भन्ने जानकारीका आधारमा नेपाल प्रहरीको साइबर ब्यूराले अनुसन्धान अघि बढाएको थियो ।
ब्यूरोका सूचना अधिकारी एसपी दिपकराज अवस्थीका अनुसार उनलाई आइतबार पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया