काठमाडौं । अवैध लागूऔषध गाँजासहित प्रहरीले थाईल्याण्डको नागरिकलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरको टोलीले बैंककबाट काठमाडौं आएका YONGYUT THUION योनग्वेट थुइयोनलाई पक्राउ गरेको हो ।
कार्यालयका डीएसपी डुण्डीराज नेउपानेले दिएको जानकारी अनुसार उनको साथबाट ३ केजी ४३५ ग्राम गाँजा बरामद गरिएको छ ।
थाई एयरलाइन्सको उडान नं TG 309 द्वारा बैंककबाट काठमाडौं आएका AC2566356 नम्बरको राहदानी बाहक उनको गतिविधि शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो ।
अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट उनलाई नियन्त्रणमा लिइ लागूऔषध ब्यूरो कोटेश्वरमा पठाइएको डीएसपी नेउपानेले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया