अमेरिकामा दमकलमा ठोक्किएर विमान दुर्घटना, दुई जना पाइलटको मृत्यु

लोकपथ
91
Shares

काठमाडौं । अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलमा अवतरणका क्रममा एयर क्यानडाको एक विमान दुर्घटना हुँदा दुई जना पाइलटको मृत्यु भएको छ । 

सो विमान दमकलसँग ठोक्किएर दुर्घटना भएको हो ।

क्यानडाको मोन्ट्रियलबाट न्यूयोर्क पुगेको ‘एयर क्यानडा एक्सप्रेस’ को जहाजले धावनमार्गमा गुडिरहेको पोर्ट अथोरिटीको ’एयरक्राफ्ट रेस्क्यु एन्ड फायरफाइटिङ’ सवारी साधनलाई ठक्कर दिएको थियो । सो दमकल अर्कै एउटा घटनाको उद्धारका लागि जाँदै गरेको समाचारमा जनाइएको छ । 

दुर्घटनाका कारण जहाजको अगाडिको भाग (नोज) चुँडिएर उछिट्टिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?