काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य सागर ढकालले खर्च विवरण सार्वजनिक गरेका छन् ।
फागुन २१ को निर्वाचनमा ढकाल गुल्मी क्षेत्र नं १ बाट निर्वाचित भएका हुन् ।
ढकालले निर्वाचन आयोगलाई बुझाएको खर्च विवरण अनुसार उनले कुल १९ लाख १८ हजार १ सय ८२ रुपैयाँ खर्च गरेका हुन् ।
ढकालको सबैभन्दा बढी खर्च कार्यालय सञ्चालनका लागि गरेको देखाइएको छ । जसअनुसार उनले आफ्नो निर्वाचन क्षेत्रमा रहेका ५० वटा वडामा १३ हजार रुपैयाँका दरले खर्च गर्दा ६ लाख ५० हजार रुपैयाँ खर्च गरेका हुन् ।
त्यस्तै ७ वटा पालिकामा बुथ प्रतिनिधि परिचालनका लागि ३ लाख ५० हजार रुपैयाँ खर्च गरेको विवरण देखाइएको छ ।
सवारीसाधन तथा इन्धन खर्च ३ लाख १ हजार ९ सय ७२ रुपैयाँ, खाना खाजा तथा अस्थायी बसोबासका लािग १ लाख ८६ हजार ३ सय ४० रुपैयाँ खर्च भएको ढकालले बताएका छन् ।
सञ्चार अन्तर्गत प्रचारप्रसारका लागि १ लाख ४० हजार रुपैयाँ खर्च भएको खर्च विवरणमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया