काठमाडौं । प्रहरीले काठमाडौंको कालोपुलबाट सुनका गरगहना, चाँदी र नगद चोरी गर्ने २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बूढानिलकण्ठ नगरपालिका–२ का २३ वर्षीय उपेन्द्र खत्री र कैलालीको गौरीगंगा नगरपालिका–२ का २६ वर्षीय निरज सापकोटा रहेका छन् ।
उनीहरुले काठमाडौंको कालोपुलस्थित एक घरबाट २६ तोला ८ आना बराबरको सुनसहित अन्य गरगहना र नगद समेत चोरी गरेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले सुनसहित ३३ हजार मूल्य बराबरको चाँदी, १० हजार भारतीय रुपैयाँ, ४५ हजार नगद चोरी भएको भएको थियो ।
उनीहरुको साथबाट चोरीका लागि संलग्न विभिन्न हतियार समेत बरामद गरिएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट
खुकुरी, फलामको रड, बिँडसहितको तरबार र होण्डा स्कुटर समेत बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया