सुनको मूल्य तीन दिनमै घट्यो १९ हजार रुपैयाँ, आज कतिमा भइरहेको छ कारोबार ?

लोकपथ
371
Shares

काठमाडौं । नेपाली बजारमा पछिल्ला दिनमा बहुमूल्य पहेँलो धातु सुनको मूल्य घटने क्रम जारी छ । 

पश्चिम एसियामा जारी युद्धसँगै सुनको भाउ निरन्तर घट्दो क्रममा रहँदा नेपाली बजारमा सोमबार छापावाल सुन तोलामा २ लाख ७५ हजार ५०० रुपैयाँ कायम भएको छ । यो मूल्य अघिल्लो दिन आइतबारको भन्दा ६ हजार ५०० रुपैयाँ कम हो । 

यसअघि आइतबार छापावाल सुन तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार ५०० रुपैयाँ कायम भएको थियो । 

यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेर ४ हजार ४२५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  आइतबार चाँदी तोलामा ४ हजार ५४० रुपैयाँ कायम भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?