२०७८,श्रावण,१७,आईतवार

मतपेटिका ११ दिनसम्म ‘होल्ड’ मा राख्दा धाँदलीको खतरा

२०७४,कार्तिक,२४,शुक्रवार ०१:१२


काठमाडौं, २४ कात्तिक- निर्वाचन आयोगले मंसिर १० को पहिलोचरण निर्वाचनको मतगणना दोस्रो चरणको मतदान सकिएपछि गर्ने भएको छ । दोस्रो चरणको निर्वाचन मंसिर २१ का लागि तोकिएको छ । आयोगको यो निर्णयले मतपेटिकाको सुरक्षामा चिन्ता थपिएको छ । तर प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव आशंका गर्ने अवस्था नहुने तर्क गर्छन् ।‘मतपेटिकाको सुरक्षाको प्रबन्ध गर्ने काम सरकारको हो,’ प्रमुख आयुक्त यादवले भने, ‘अन्य व्यवस्थापन आयोगले गर्छ ।’पहिलो चरणको मतगणना दोस्रो चरणको निर्वाचनपछि मात्र गर्न दलहरू तयार रहेको प्रमुख आयुक्त यादवले दाबी गरे । ‘सरकार र दलहरू तयार छन्,’ यादवले भने ।हालै सम्पन्न स्थानीय तह निर्वाचनमा पनि मतगणना ‘होल्ड’ मा राख्ने विषयमा छलफल भएको थियो । तर, आयोगले ‘पर्खन नसकिने’ भन्दै दोस्रो चरणको चुनाव नहुँदै पहिलो चरणको मतगणनाको नजिता प्रकाशित गरेको थियो । आयोगले तेस्रो चरणको चुनावअगावै दोस्रो चरणको मतपरिणाम पनि सार्वजनिक गरेको थियो आयोगका एक आयुक्तले दलहरूले आफ्नो अवस्था हेरेर मतगणनाबारे मत व्यक्त गर्ने गरेको बताए, अन्नपूर्ण पोस्टमा खबर छ । ‘स्थानीय चुनावमा एकैसाथ मतगणना गर्नुपर्ने पक्षमा सुरुमा एमाले देखिएको थियो भने अहिले कांग्रेस त्यसको पक्षमा छ’, एक आयुक्तले भने, ‘पहिलो चरणको निर्वाचन परिणामले दोस्रो चरणको निर्वाचन प्रभावित पार्ने देखेर दलहरूले आफ्नो सुविधाअनुसारको अडान लिने गरेका छन् ।’तर मतपेटिका ११ दिनसम्म ‘होल्ड’ मा राख्नु निकै जोखिम र चुनौतीपूर्ण हुने ती आयुक्तको भनाइ छ ।

प्रकाशित मिति: २०७४,कार्तिक,२४,शुक्रवार ०१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा
 २०७८,श्रावण,१७,आईतवार १३:५८
पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
 २०७८,श्रावण,१७,आईतवार १३:४३
कोरोना सङ्क्रमितले भरियो भरतपुर अस्पताल
 २०७८,श्रावण,१७,आईतवार १३:२१