जिम्मेवारीबाट राजीनामा दिँदै डा. लोहनीले भने– ‘नयाँ ढंगले अघि बढौँ’

लोकपथ
1.2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनीले पदबाट राजीनामा दिएका छन् ।

डा. लोहनी हाल राप्रपाको निर्देशन समितिको अध्यक्षको जिम्मेवारीमा रहेका थिए ।

गत निर्वाचनमा पार्टीले लज्जापद हार ब्यहोरेपछि डा. लोहनी जिम्मेवारीबाट अलग भएका हुन् ।

निर्वाचनको परिणामपछि नेतृत्व तहका सबै जिम्मेवार पदाधिकारीहरुले राजीनामा दिएर जनभावना अनुरुप तदर्थ समिति गठन गरी महाधिवेशनमा जानु पर्ने समेत औल्याएका छन् ।

‘यस अवस्थामा पार्टीको नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरुले तत्काल मार्गप्रसस्त गरी जनभावना अनुरुप तदर्थ समिति मार्फत् महाधिवेशन गरी जनभावना अनुरुप तदर्थ समितिमार्फत् पदमा रहने गरी जिम्मेवारीबाट अलग हुने समयको मागलाई अनुशरण गर्दै पार्टीको निर्देशन समितिको अध्यक्षबाट राजीनामा दिएको छु,’ डा. लोहनीले पार्टीलाई बुझाएको पत्रमा भनिएको छ ।

फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा राप्रपाले प्रत्यक्षमा १ र समानुपातिकमा ४ गरी ५ सिट जितेको छ ।

पार्टीले लज्जास्पद हार ब्यहोरेको भन्दै उनी पार्टी नेतृत्वको राजीनामा समेत माग हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?