सिंहदरबारमा राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा बसेको छ ।

राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा आइतबार दिउँसो सिंहदरबारमा बैठक बसेको छ ।

बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको छ ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?