काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विसं २०८३ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।
कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित विशेष समारोहकाबिच क्यालेन्डर सार्वजनिक गरिएको हो ।
क्यालेन्डर सार्वजनिक कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख–बिजनेस अपरेसन ओम प्रकाश पुडासैनी, प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मी र कम्पनी सचिव विनोद कुमार भुजेलले संयुक्त रूपमा अनावरण गरेका थिए ।

सार्वजनिक गरिएको क्यालेन्डरमा बिदाको सूची, विभिन्न पर्व तथा दिवस, पञ्चांग तिथि र तारिख समावेश गरिएको कम्पनीले जनाएको छ ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीलाई सफल बनाउन योगदान गर्ने सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै नयाँ वर्ष २०८३ को अग्रिम शुभकामना दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया