भरुवा बन्दुकसहित एक जना पक्राउ

लोकपथ
49
Shares

मकवानपुर । भरुवा बन्दुकसहित एक जनालाई प्रहरीले  पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुरको बागमती गाउँपालिका–९ बेतिनीका ५७ वर्षीय सन्तकुमार प्रजापति रहेका छन् । 

उनको घरमा भरुवा बन्दुक लुकाई छिपाइ राखेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरीले घर तलासी गर्दा उक्त बन्दुक फेला पारी प्रजापतिलाई गए राति  पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?