काठमाडौं । पार्टीको भ्रातृ संगठनको भूमिकाबाट अलग्गिने नेविसंघ सिनेटको निर्णय कारबाहीको विषय बन्न सक्ने कांग्रेले चेतावनी दिएको छ ।
सानेपामा केन्द्रीय समिति बैठक जारी रहँदा प्रवक्ता देवराज चालिसेले पार्टीको विधानमै व्यवस्था भएका संस्थाले ‘म अलग भएँ’ भन्नु अराजनीतिक र अवैधानिक रहेको भएको बताएका छन् ।
उनले लोकतान्त्रिक पार्टीमा क्रिया प्रतिक्रिया राख्न पाइए पनि ती विषय विधानभित्र रहेर हुनुपर्ने सबैले सदस्य र समर्थकले ख्याल गर्नुपर्ने भन्दै सचेत गराए ।
पत्रकारसँग चालिसेले भने, ‘नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघलगायत भ्रातृ संस्थाहरू पार्टीको विधानमै व्यवस्था भएका संस्थाहरू हुन् । नेपाली कांग्रेसले निर्माण गरेका संस्थाले म अलग भएँ भनेर घोषणा गर्नु कति राजनीतिक, वैधानिक र अर्थपूर्ण हुन्छ रु त्यो भन्ने मान्छेले बुझ्नुपर्ने कुरा हो र गर्ने मान्छेले बुझ्नुपर्ने कुरा हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया