ललितपुरको इँट्टाभट्टामा पर्खाल भत्किएर एक जनाको मृत्यु, ४ जना घाइते

लोकपथ
35
Shares

काठमाडौं । ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ भने अन्य ४ जना घाइते भएका छन् । 

 मृत्यु हुनेमा  रुकुमकी ५५ वर्षीय तिल्सरी खड्का रहेकी छन् । 

आज बिहान ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने पर्खाल भत्किएको  प्रहरीले जनाएको छ  । 

पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको ठैबस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?