काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो सांगठनिक संरचनामा आमूल परिवर्तन गर्दै ‘कार्यात्मक स्वायत्तता’ मा जाने निर्णय गरेको छ ।
नेविसंघका सभापति दुजाङ शेर्पाले अब संगठन नेपाली कांग्रेसको परम्परागत ‘भ्रातृ संगठन’ मात्रै नभई ‘शुभेच्छुक संगठन’ को रूपमा स्वतन्त्र रूपमा अघि बढ्ने घोषणा गरेका छन् ।
सभापति शेर्पाका अनुसार नेविसंघ अब आफ्नो विधान आफैँ बनाउने, नेतृत्व चयन गर्ने र कार्यक्रमहरू स्वतन्त्र रूपमा तय गर्नेछ ।
उनले भने, ‘सामान्य विज्ञप्ति निकाल्न वा आन्दोलनका कार्यक्रम तय गर्न पनि पार्टी पदाधिकारीसँग अनुमति लिनुपर्ने झन्झटिलो प्रक्रियाले विद्यार्थी आन्दोलन कमजोर बनाएको थियो ।’
शेर्पाले थपे, ‘हामी नेपाली कांग्रेसको विचार, बीपी कोइरालाको लोकतान्त्रिक समाजवाद र पार्टीका आदर्शप्रति पूर्ण प्रतिबद्ध छौँ, तर हरेक साना निर्णयको लागि पार्टी नेतृत्वको मुख ताक्ने अवस्था अब अन्त्य हुनुपर्छ। हामी पार्टीभित्र ‘वाच–डग’ र सरकारको रचनात्मक प्रतिपक्षको रूपमा उभिन चाहन्छौँ ।’
उनले यो निर्णयलाई ‘सेपरेसन’ होइन, विद्यार्थीको मुद्दामा केन्द्रित हुनका लागि लिइएको ‘कार्यात्मक स्वायत्तता’ को रूपमा बुझ्न आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया