एकैदिन साढे १२ हजारले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

लोकपथ
539
Shares

काठमाडौं ।  साताको पहिलो कारोबारको दिन नेपाली बजारमा सुनको मूल्य ह्वातै घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १२ हजार  ५ सय रुपैयाँले घटेको हो । 

अघिल्लो कारोबारका दिन  २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज १२ हजार ५ सय रुपैयाँले घटेर २ लाख ८२ हजारमा कारोबार भइरहेको छ । 

त्यस्तै आज चाँदी पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला  ३५५ रुपैयाँले घटेको हो ।  अघिल्लो दिन ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज ३ सय ५५ रुपैयाँले घटेर  ४ हजार ५४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?