‘स्ट्रेट अफ हर्मुज’ पूर्णरुपमा खुल्ला गर्न ट्रम्पले इरानलाई दिए ४८ घण्टाको अल्टिमेटम

लोकपथ
91
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ पूर्णरुपमा खुला गर्न इरानलाई ४८ घण्टाको अल्टिमेटम दिएका छन् । त्यसो नगरे उसका प्रमुख विद्युत् उत्पादन केन्द्र ध्वस्त बनाउने धम्की पनि उनले दिएका छन् । 

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा पोस्ट गर्दै ट्रम्पले भनेका छन्, ‘इरानले ४८ घण्टाभित्र हर्मुज पूर्णरूपमा नखुलाए अमेरिकाले उसका विभिन्न विद्युत् केन्द्रहरू ध्वस्त बनाउने छ । त्यसको सुरुवात सबैभन्दा ठूलो केन्द्रबाट हुनेछ ।’

साँघुरो गल्लीका रूपमा परिचित हर्मुज जलमार्गबाट विश्व बजारमा पुग्ने २० प्रतिशतभन्दा बढी पेट्रोलियम र इन्धनजन्य पदार्थ ढुवानी हुन्छ ।

इरानले यो मार्ग प्रयोग गर्ने अमेरिकी र इजरायली तथा उसलाई समर्थन गर्ने देशका जहाजहरूलाई निशाना बनाएर आक्रमण जारी राखेकाले यो मार्ग बन्दप्रायः छ ।

उता, भारतीय जहाजहरूलाई भने इरानले यो जलमार्ग प्रयोग गर्न दिइरहेको छ । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएको विषयमा भारतले समवेदना व्यक्त गरेपछि इरानले उसका जहाजलाई सो मार्ग प्रयोग गर्न दिएको बताइएको छ । 

सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि इरानमा हाल उनकै छोरा मोज्तबा खामेनी सर्वोच्च नेता चुनिएका छन् । उनी बुवा अली खामेनीभन्दा कट्टर मानिन्छन् । 

मोज्तबा खामेनी नेतृत्वमा आएपछि इरानले आक्रमण थप तीव्र पारिरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?