काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ८ः३० बजे बस्न लागेको हो ।
शुक्रबारको बैठकमा उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए ।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, चैत ६ गते २५ केन्द्रीय सदस्यले धारणा राखेपछि बैठक स्थगित गरिएको थियो ।
शुक्रबारको बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यहरूले सभापति थापाको नैतिकताका आधारमा आएको राजीनामा अस्वीकार गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । आज बस्ने बैठकले यस विषयमा औपचारिक निर्णय लिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया