प्रदेश-प्रतिनिधिसभा चुनावमा भ्रमणमै सवा दुई अर्ब

काठमाडौं, २४ कात्तिक- निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भ्रमणका लागि मात्रै दुई अर्ब २६ करोड ६५ बजेट छुट्याएको छ । निर्वाचनमा खटिने कर्मचारीलाई भ्रमण शीर्षकमा रकम उपलब्ध गराइन्छ । निर्वाचन खर्चमध्ये भ्रमणमा मात्रै साढे २१ प्रतिशत खर्च हुने देखिएको छमंसिर १० र २१ मा सम्पन्न हुने दुई चरणको निर्वाचनका लागि १० अर्ब ५३ करोड ४३ लाख ४३ हजार रुपैयाँ खर्च गर्ने गरी आयोगले कार्यक्रम बनाएको छ । आयोगले स्थानीय तह निर्वाचनमा एक अर्ब ९१ करोड भ्रमण शीर्षकमा खर्च गरेको थियो । आगामी चुनावमा भ्रमण भत्ताका लागि छुट्याइएको रकम स्थानीय चुनावको भन्दा ३५ करोड ६५ लाख रुपैयाँले बढी छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?