कपिलवस्तुको महाराजगञ्जमा अनिश्चितकालीन निषेधाज्ञा

लोकपथ
42
Shares

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले महाराजगञ्ज–बर्गदवा क्षेत्रमा अनिश्चित कालीन निषेधाज्ञा लागू गरेको छ ।

शनिबार मन्दिरमा भजन गाउने क्रममा तोडफोड भएपछि हिन्दु र मुस्लिम समुदायका युवाबिच तनाव बढेपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

प्रशासनले सूचना जारी गर्दै सम्भावित झडप रोक्न भेला, सभा र जुलुस गर्न पूर्ण रूपमा रोक लगाइएको जनाएको छ । 

निषेधाज्ञा उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर कानुन अनुसार कारबाही गरिने पनि प्रशासनले चेतावनी दिएको छ ।

निषेधाज्ञा लागू गरिएको क्षेत्र पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगञ्ज चोक, उत्तरमा महाराजगञ्ज बजार र दक्षिणमा हर्दौनासम्म तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?