धर्म, संस्कृति र विविधताको सम्मानले देश अघि बढ्छ : बालेन

लोकपथ
35
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्ने बताएका छन् ।

ईद–उल–फित्रको अवसरमा शुभकामना दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भनेका छन्, ‘धर्म, संस्कृति र विविधताको सम्मान गर्दै, सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ ।’

उनले एक–अर्काप्रति सम्मान, समझदारी र एकताले समाजलाई अझ सुदृढ बनाउनेछ भन्ने कामना गर्दै, ईदको अवसरले भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनाओस् भन्ने कामना गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?