ट्रम्प भन्छन्- ‘इरानमाथिको आक्रमण कम गर्ने विचार गर्दैछु

लोकपथ
147
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्पले इरानविरुद्धको अमेरिकी सैन्य आक्रमण घटाउने बताएका छन् । 

उनले अमेरिका आफ्ना रणनीतिक उद्देश्यहरू पूरा गर्ने चरणमा ‘धेरै नजिक’ पुगेको दाबी गरे । 

ट्रम्पका अनुसार ती उद्देश्यहरूमा इरानको मिसाइल क्षमता कमजोर बनाउने, रक्षा औद्योगिक संरचना ध्वस्त पार्ने, नौसेना र वायुसेनाको प्रभाव घटाउने, आणविक क्षमतातर्फको प्रगति रोक्ने तथा क्षेत्रीय अमेरिकी सहयोगीहरूको सुरक्षा सुनिश्चित गर्ने रहेका छन् ।

तर, उनले इरानसँग युद्धविराम गर्ने कुनै इच्छा नरहेको स्पष्ट पारे । यसैबीच, ट्रम्पले नाटोका सहयोगी देशहरूलाई सुरक्षामा आवश्यक भूमिका नखेलेको भन्दै ‘कायर’ भनेर कडा आलोचना गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?