बागमती । हावाहुरीका कारण टावर भाँचिएपछि हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित हेटौँडा एफएम ९९.६ मेगाहर्जको प्रसारण बन्द भएको छ ।
गए राति चलेको तीव्र गतिको हावाहुरीले एफएमको १२० मिटर अग्लो टावरबीच भागमा भाँचिएपछि एफएमको प्रसारण बन्द भएको एफएमका अध्यक्ष उज्जवल चौलागाईले बताए ।
प्रसारण एन्टेनासहितको सो टावर भाँचिएर करिब १५ लाख मूल्य बराबरको क्षति भएको अध्यक्ष चौलागाईले बताए । भाँचिएको टावर मर्मत गरेर पुनः रेडियो सञ्चालनमा ल्याइने अध्यक्ष चौलागाईको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया