ठुलो परिमाणको लागुऔषधसहित १ जना पक्राउ

लोकपथ
126
Shares

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले ठुलो परिमाणको लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका २९ सैनिक बस्ती बस्ने १९ वर्षीय आयुष तामाङ रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कास्की र इलाका प्रहरी कार्यालय शिशुवा तथा लागुऔषध नियन्त्रण ब्युरो पोखराबाट खटिएको प्रहरी टोलीले गत बुधबार बेलुकी साढे ५ बजे तामाङलाई पक्राउ गरेको हो । 

उनको साथबाट लागुऔषध डाइजापाम १ हजार ७ सय २१ एम्पुल, फेनेरागन ३ सय ३४ एम्पुल, ब्रुफिनुर्फिन ३ सय ७७ एम्पुल गरी कुल २ हजार ४ सय ३२ एम्पुल, २ थान मोबाइल र नगद ९३ हजार ५ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतले जानकारी दिए । 

उनकाअनुसार पक्राउ परेका तामाङले डाइजापाम, फेनेरागन र ब्रुफिनुर्फिनको १/१ एम्पुलको सेट बनाएर प्रतिसेटलाई २ हजार रुपैयाँमा विक्री गरेका थिए । पक्राउ परेका उनी विरुद्ध कास्की जिल्ला अदालतबाट लागुऔषध सम्बन्धी मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी बस्नेतले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?