काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । आजबाट सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक आइतबार बिहान ८ बजे बस्नेगरी स्थगित भएको हाे ।
बैठकमा पार्टी सभापति गगन कुमार थापाले उपसभापति विश्वप्रकाश शर्माले बुझाएको राजीनामापत्र पेस गरेका थिए । केन्द्रीय सदस्यहरूले उक्त राजीनामाप्रति असहमति जनाएका छन् भन्ने जानकारी प्रवक्ता देवराज चालिसेले दिएका छन् ।
साथै, उपसभापति शर्माले निर्वाचनमा पार्टीको हारको कारण र सुधारका सिफारिसहरू समेटिएको समीक्षा प्रतिवेदन पनि बैठकमा पेस गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया