खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

लोकपथ
56
Shares

काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्जका लागि उड्न लागेको केही उडान रद्द भएका छन् ।

पश्चिम नेपालमा सक्रिय हावाहुरी र वर्षाका कारण बुद्ध एयरलाइन्स र यति एयरलाइन्सका उडानहरू प्रभावित भएका हुन् ।

उडानका लागि विमानमा चढिसकेका यात्रुहरूलाई पुनः फर्काइएको छ । यसैबीच, भैरहवा जाने यति एयरलाइन्सको उडान ढिलाइ भएको छ भने सुर्खेत जाने उडान पनि रद्द गरिएको छ ।

पश्चिमी वायु सक्रिय रहँदा लुम्बिनी प्रदेशसहित पश्चिमका विभिन्न जिल्लामा दिउँसो हावाहुरीसहित वर्षा भइरहेको छ। चट्याङ र मेघगर्जनसमेत भएकाले विमानस्थलले उडान रद्द गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?