इरानद्वारा होर्मुज क्षेत्रबाट एक नेपाली पक्राउ

लोकपथ
112
Shares

काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

परराष्ट्र मन्त्रालयले आज शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी सो बारेमा जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति अमृत झा रहेको जनाइएको छ ।

होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा इरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिने क्रममा उनी पनि पक्राउ परेका हुन् । 

परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट उनी पनि पक्राउ परेको जनाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?