नेपालका निर्यात प्रवर्द्धनमा इ–कमर्स र पेमेन्ट गेटवे प्रणाली आवश्यक छ : अध्यक्ष पाण्डे

लोकपथ
49
Shares

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपालका उत्पादन विश्व बजारमा बेच्न सक्षम अनलाइन प्लेटफर्म विकास गर्न आवश्यक रहेको बताएका छन् ।

उनका अनुसार हाल नेपालमा विदेशबाट सामान किन्न बैंकिङ च्यानल उपलब्ध भए पनि नेपालका वस्तु विश्व बजारमा बेच्न मिल्ने एप वा पोर्टल आवश्यक छ ।

अध्यक्ष पाण्डे भन्छन्, ‘हामीलाई विदेशको सामान नेपालमा किन्ने एप चाहिँदैन, तर नेपालको उत्पादन अन्य मुलुकमा बेच्न सक्ने पोर्टल आवश्यक छ । यस्तो पोर्टल विकास गरेर पेपाल, अमेजनजस्ता अन्तर्राष्ट्रिय कम्पनीलाई नेपालमा आकर्षित गर्नुपर्छ ।’

अध्यक्ष पाण्डेले निर्यातमा देखिएका समस्याबारे पनि छलफल गर्दै आयकरसहित निर्यात अनुदानमा हरेक वर्ष हुने कार्यविधि परिवर्तनको प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए । साथै, उनले निर्यातसम्बन्धी सम्पूर्ण सरकारी कामहरू फेसलेस प्रणालीबाट सञ्चालन गर्नुपर्ने उल्लेख गरे, जसले निर्यात प्रक्रिया सहज बनाउने र निर्यात वृद्धि गर्न सहयोग पुग्ने बताए ।

उनले करिब ८० लाख नेपाली विदेशमा बसोबास गरिरहेको र उनीहरूले पठाएको रेमिट्यान्स उत्पादन र लगानीमा कसरी उपयोग गर्ने भन्ने विषयमा सरकारले स्पष्ट नीति बनाउनुपर्ने आवश्यकता औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?