काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ हजार ८ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ७८ सयले घटेर २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १ सय १५ रुपैयाँले घटेको हो । आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन ५ हजार १० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया