इरानमा सेना नपठाउने ट्रम्पको घोषणा

लोकपथ
490
Shares

 काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सेना नपठाउने बताएका छन् ।

अमेरिका–इजरायल र इरानबीच द्वन्द्व चर्किँदै गइरहेका बेला उनले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

 ह्वाइट हाउसमा जापानी प्रधानमन्त्री सानाए ताकाइचीसँगको भेटका क्रममा ट्रम्पले इरानमा प्रत्यक्ष सैन्य हस्तक्षेप नगर्ने संकेत दिएका हुन् ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण थालेपछि क्षेत्रीय तनाव झनै बढेको छ । 

यस द्वन्द्वका कारण विश्वव्यापी ढुवानी प्रणाली प्रभावित भएको, तेलको मूल्यमा वृद्धि भएको र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा दबाब परेको विश्लेषण गरिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?