अमेरिकी रक्षामन्त्रीले भने– ‘इरान युद्ध रोक्ने कुनै निश्चित समयसीमा छैन’

लोकपथ
42
Shares

काठमाडौं । अमेरिकाका रक्षा मन्त्री पीट हेगसेथले इरानविरुद्धको इजरायल–अमेरिकी युद्ध अन्त्य गर्ने कुनै समयसीमा नभएको बताएका छन् ।

इजरायल–अमेरिका र इरान युद्ध तीन हप्ताअघि २८ फेब्रुअरीमा सुरु भएको थियो ।

हेगसेथले बिहीबार एक पत्रकार सम्मेलनमा भने, ‘हामी कुनै निश्चित समयसीमा तय गर्न चाहँदैनौँ । हामी बिल्कुल सही बाटोमा छौँ । कहिले रोकिने हो भन्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले नै तय गर्नेछन् ।’

हेगसेथले रक्षा विभागले यस युद्धको खर्चका लागि संसद्सँग २०० अर्ब डलरभन्दा बढी अतिरिक्त बजेट माग गरेकोबारे पनि चर्चा गरे । 

उनले २०० अर्ब डलरबाट पनि युद्ध खर्च थप बढ्ने बताए । 

हेगसेथले अगाडि भने, ‘हामी संसद्मा जाँदै छौँ ताकि भविष्यमा हामीले जे गर्नेछौँ, त्यसका लागि पनि पर्याप्त रकम सुनिश्चित होस् ।’

अमेरिकाका शीर्ष सैन्य अधिकारी जनरल ड्यान केन पनि हेगसेथसँगै उक्त सम्मेलनमा उपस्थित थिए । उनले इरान र उसका सहयोगीहरूविरुद्ध यस क्षेत्रमा प्रयोग भइरहेका हतियारहरूको जानकारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?