विगतका सहकर्मी, अहिले प्रतिस्पर्धी, को-को भिड्दै ?

काठमाडौं, २४ कात्तिक- १८ दिन अगाडिसम्म राजपाको एउटै कमिटीमा रहेका महेन्द्र राय यादव र जंगीलाल राय आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका छन् ।महेन्द्र राजपा अध्यक्षमण्डलका नेता हुन् भने जंगीलाल महासचिव । अहिले महेन्द्र राजपाबाटै सर्लाही २ मा उम्मेदवार छन् भने जंगीलाल कांग्रेसबाट चुनाव लड्दैछन् । ‘हामी दुईबीचको सम्बन्ध राजनीतिक मात्रै हो, व्यक्तिगत होइन,’ बिहीबार सर्लाहीको हरिपूर्वा नगरपालिका–३ पुगेका जंगीलालले अन्नपूर्णसँग टेलिफोनमा भने, ‘राजनीतिमा योसँग चुनाव लड्ने, योसँग नलड्ने भन्ने हुँदैन । जो अगाडि आउँछ, उसैसँग प्रतिस्पर्धा हुन्छ । अहिले महेन्द्रजीसँग हुँदै छ ।’जंगीलालले कात्तिक ६ गते कांग्रेस प्रवेश गरेर टिकट लिएका हुन् । हुन त यी दुई नेता सात महिना मात्रै (वैशाखयता मात्रै) एउटै पार्टीमा रहे । त्यसअगाडि महेन्द्र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष थिए भने जंगीलाल महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री ०७० को दोस्रो संविधानसभा निर्वाचनमा महेन्द्र सर्लाही ४ बाट र जंगीलाल ५ बाट निर्वाचित भएका थिए । क्षेत्र निर्धारण गर्दा सर्लाहीमा चारवटा मात्रै निर्वाचन क्षेत्र भएपछि यी दुई नेता एकै ठाउँबाट प्रतिस्पर्धामा उत्रेका हुन्, अन्नपूर्ण पोस्टमा खबर छ महेन्द्र र जंगीलाल मात्रै होइन, अन्य केही नेता पनि विगतका आफ्नै सहकर्मीसँग चुनाव लड्दै छन् । यस्तैमा पर्छन्-मोहनसिंह राठौर र झपटबहादुर रावल । उनीहरू दुवै कैलाली २ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् गोरखा २ मा पनि विगतका आफ्नै सहकर्मी अहिले चुनावी प्रतिस्पर्धामा छन् । त्यहाँको चुनावी प्रतिस्पर्धामा रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लामो समयसम्म माओवादीमा एकै हैसियतमा कार्यरत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?