काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको नेतामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) चयन भएका छन् ।
आज बसेको राप्रपाका नवनिर्वाचित सांसदहरुको बैठकले शाहीलाई दलको नेतामा चयन गरेको हो ।
शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक सांसद हुन् । साथै समानुपातिकबाट ४ जना गरी संसदमा राप्रपा ५ सिटसहित प्रतिनिधित्व गर्नेछ ।
त्यसैगरी संसदीय दलका नेता शाहीले नवनिर्वाचित सांसद खुश्बु ओलीलाई संसदीय दलको मुख्य सचेतकको जिम्मेवारी दिएका छन् । ओली समानुपातिकबाट सांसद बनेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया